राम्चे ८ काफलडाँडा म्याग्दीका करबाकेली बाबाको अनुसन्धान कर्ता,यजु फिल्मका निर्माता कलाकार एवं समाजसेवी चाम बहादुर पुन आजभोली सामाजिक क्षेत्रमा सक्रिय भएका छन । उनले २०६०सालमा करबाकेली अनुसन्धान समिति गठन गरी संयोजकको कार्यभार समाली पुन समुदायको कुल देवता करबाकेलीबाबाको अनुसन्धान संरक्षन,संवद्धन ,प्रसार प्रचार गर्नुको साथै राष्ट्रिय स्तरको थान निर्माण गर्न संयोजककै भुमिका निर्बाह गरी करबाकेलीबाबाको थान निर्माण गर्न सफल भएका थिए ।
पुन समाज नेपालका केन्द्रिय सदस्य र करबाकेली बाबा संरक्षन समितिका संरक्षक रहेका चाम बहादुर पुन विभिन्न सामाजिक काममा सक्रिय हुनुका साथै कुल देवता करबाकेलीबाबाको थान निर्मान गरिएको काफलकाँकामा पर्यटन विकास गर्न लागिपरेका छन । प्राकृतिक सौन्र्दयताले भरिपुर्ण काफलडाँडामा करबाकेलीबाबाको थानको आसपास करबाकेली पाहुना घर सञ्चानमा लिएका छन भने पुन समुदायको ऐतिहासिक सांस्कृतिक संग्रालय निर्माणमा जुटेका छन ।
काफलडाँडामा पर्यटनको बिकास गरि त्यहाका बासिलाई आर्थिक समृद्धितिर लाने लक्ष्य बोकेका चाम बहादुर पुनले भुककम्प पिडित बाढिपहिरो पिडतहरुलाइ तिसलाख भन्दा माथी राहत संकलन गरेर बाडेका थिए ।
यजु फिल्म १ र २ को निर्माता कलाकार रहेका चाम बहादुर पुनले माउण्टेन इन्टरनेश्नल म्युजियममा पुन समुदायको ऐतिहासिक मुर्ति राखेका छन भने काफलकाकामा पनि संग्रलय,पुस्तकालय इ लाइबेरी सञ्चालनमा ल्याउने तयारीमा छन ।
-
Previous Post
Karabakeli’s servant
-
Next Post
Karbakeli Eco Trek “Trail Launch”